काठमाडौं, २५ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इञ्जियिनर अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको छ । नेता धमलामाथि आज (सोमबार) कोटेश्वरमा आक्रमण भएको हो । धमलाको शरीरको कुम (सोल्जर) मा ठूलो चोट लागेको हो ।
आक्रमणबाट गम्भीर घाईते भएका धमलाको यतिवेला ललितपुरको ग्वार्कोस्थित् बि एण्ड बी अस्पतालमा उपचार भैरहेको छ ।धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्ति कोरियन नागरिक भएको खुलेको छ । प्रहरीले ती व्यक्तिलाई अहिले कोटेश्वर चौकीमा राखेर अनुसन्धान गरिरहेको छ।