Logo

पैसा मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका ढाकाकुमार मिडियामा, खोले पैसा माग्नेको नाम (भिडिओसहित)



काठमाडौं, २५ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका रास्वपाका नेता डा. ढाकाकुमार श्रेष्ठले उक्त प्रकरणबारे मुख खोलेका छन् । उनले आफूलाई मन्त्री बनाउनका लागि त्यतिवेला कोर टिमबाट पैसा माग्ने व्यक्तिको नाम खुलासा गरेका छन् । प्राइम टिभीको लागि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले यस्तो खुलासा गरेका हुन् ।

उनले आफूसँग केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलासा गरेका हुन् । उनले त्यतिवेला आफूले पार्टी जोगाउनको लागि कोर टिमको नाम खुलासा नगरेको दाबी गरे । उनले आफूले रास्वपालाई सुरुदेखि नै हुर्काएको बताए । मोहनजंग थापाले आफ्नो मान्छे पठाएर सामाखुशीमा भेटेर पैसाको डिमाण्ड गरेको खुलासा गरे ।

उनले मोहनजंग थापा र उनले पठाएको मान्छेसँगको कल डिटेल निकाल्नपनि सकिने बताए । उनले पैसा माग्ने पार्टीका मान्छेले आफूसँग दौरा सुरुवाल सिलाउनु भयो भने पनि मन्त्रिपरिषद् विस्तारको बेलामा मेसेज गरेको खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्