Logo

चार जना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन



काठमाडौं, असोज १० । नेपाल प्रहरीका वहालवाला २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन भएका छन् । विगत एक महिनादेखि चार जना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयले आज (बुधबार) सूचना जारी गर्दै सम्पर्कविहीन भएका चार प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन निर्देशन दिएको छ ।

उनीहरुको नाम र कार्यरत ठेगानासहित प्रहरी प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिएर कार्यालयमा हाजिर हुन आउन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ ।

‘अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा सफाइको मौका प्रदान गरिएको छ,’ सूचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्