Logo

प्रचण्डबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्छ : कांग्रेस नेता



काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा सत्तापक्षका नेता रमेशजंग रायमाझीले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
‘नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आगामी चार वर्ष प्रधानमन्त्री बन्नै नसक्ने हो कि भन्ने ठूलो पीडा छ । त्यसैले सत्तागठबन्धन भत्काउने खेलमा लागिरहेका छन् । कांग्रेसले पनि अहिलेको सरकारलाई हटाउन लाग्दा मुलुकमा अराजकता बढ्छ र अस्थिरता बढ्छ । त्यसको मार मुलुक र जनताले खेप्नुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘हाम्रा पार्टी सभापतिले सुझबुझका आधारमा जुन गठबन्धन कायम गर्नुभएको छ, त्यसलाई नै निरन्तरता दिनुपर्छ । कांग्रेसले प्रचण्डको विकल्प खोजेको छैन, खोज्नु पनि हुँदैन ।’
नेता रायमाझीले प्रचण्डलाई मन्त्रीहरुले सहयोग नगरेको आरोप पनि लगाए । उनले भने, ‘अहिले बजारमा महँगीको पराकाष्ठा छ । मन्त्रीहरुले जनतालाई डेलिभरी दिनै सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डमा केही गरौं भन्ने जुन हुटहुटी छ, मन्त्रीहरुले त्यस अनुसार सहयोग गरेको देखिँदैन । त्यसैले प्रचण्डबाहेक सबै मन्त्रीलाई ब्याक गराउनुपर्छ । जनताको समस्या समाधान गर्न सक्ने ताजा र नयाँ अनुहारलाई मन्त्रीमा ल्याउनुपर्छ । २०४८ सालदेखि अहिलेसम्म मन्त्री बनाएर किन राख्ने ?’
नेता रायमाझीले मुलुकका जल्दाबल्दा समस्या सदनमा उठाउन नपाएको पनि बताए । सभामुख र अध्यक्षले सरसल्लाह नै नगरी सूचना टाँसेर सदन बन्द गरेकामा पनि उनले आपत्ति जनाए । उनले थपे, ‘ठाउँठाउँमा डाक्टरहरु कुटिएका छन् । सडकमा राहत शिक्षकको आन्दोलन छ । फुटपाथ व्यापारीको पक्षमा पनि आन्दोलन भएका छन् । त्यसमा हामीले बोल्ने थलो सदन हो । तर सभामुख र सभाध्यक्षहरुले हामीसँग सरसल्लाह नै नगरी सूचना टाँसेर सदन बन्द गरेका छन् ।’
अभियन्ता ईःले आफ्नो आवाज सुनेर आएको सरोकारवाला मेयरसँग कुरै गर्दैनौं भन्ने अहंकार देखाउन नहुने औंल्याए । उनले भने, ‘गरिखाने नाममा अरुले व्यवसाय गर्ने पसलकवल, सटरअगाडि सामान फिँजाउनु भएन । सडकमा हिँड्ने बटुवालाई अवरोध गर्नुभएन । विदेशी पर्यटक र सञ्चारमाध्यमको आँखा पर्ने सहरलाई कुरुप पार्नुभएन । अनुशासन र मर्यादा त राख्नुपर् यो नि । सबै जना व्यवसाय गर्न काठमाडौंमै थुप्रिने त होइन नि ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot