Logo

ईः लाई सम्बोधन गर्दै बालेनले भनेः ‘ओलीदेखि गगन थापासम्मको उपस्थिति राजनैतिक बेइमानी’



काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार गर्नु गैरकानुनी भएको बताएका छन् ।

अभियन्ता ईः लाई सम्बोधन गरेर सामाजिक सञ्जालमा लेखेको पत्रमा उनले वाध्यता वा परिस्थितिजन्य कुराले भावुक हुन सकिएपनि फुटपाथ तथा बाटोमा व्यापार गर्न दिनु गैरकानुनी हुने बताएका हुन् ।

‘फुटपाथ, बाटो तथा right to way मा व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन,’– उनले भनेका छन् ।

इः को समर्थनमा देखिएका केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र मागहरु पुरा गर्नु पर्ने भन्ने तर्कमा राजनीतिक बेइमानी देखिएको उनले टिप्पणी गरेका छन् । उनले ईः को समर्थनमा उभिएकाहरु नियम बनाउने ठाउँमा पटक–पटक पुग्दा पनि स्पष्ट नियम कानुन बनाउन नसकेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्ः

जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्निम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौँ । उहाँहरु नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर भन्ने सतही कुरा गरि त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरुले खोइ छुट्याउनु भएको ? ति जायज मागहरु पुरा गर्न नसकिने ऐन कानुनहरु बनाउने उहाँहरु नै हुनुहुन्थ्यो त । त्यति बेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको रु त्यसो होइन भने उहाँहरुले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो । तर त्यसो गर्नु भएन । कानुनी प्रावधान सहि नलागे संशोधन गर्न पाउने अधिकार भएको मानिसहरुमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको र ?

हाम्रो आग्रह छ, हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसहरुप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ । यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला ।



प्रतिक्रिया दिनुहोस्