Logo

झलनाथको स्पष्टोक्तिः मैले सर्प पालेको छैन, मेरो लगानी पनि छैन



काठमाडौं, १० असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एव पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले सर्प नपालेको बताएका छन् ।

आज (बुधबार) नेपाल सर्ट फिल्म अवार्ड २०२३ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सर्पदंशका विरामीको उपचार हुनुपर्ने आवाजमात्रै उठाएको बताएका हुन् ।

उनले सर्प पाल्ने कुरामा संलग्नता र लगानी नरहेको बताए । आफूलाई केही व्यक्तिहरुले नियोजित रुपमा विवादमा ल्याउन चाहेको उनको आरोप छ ।

‘७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन् । मान्छेहरु कमेन्टमा सर्प लेखेर बस्छन् । त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्