Logo

मध्यपश्चिम विश्वविद्यालय र युएनडिपीबीच पोलिसी ल्याब सञ्चालका लागि सम्झौता



काठमाडौं, १० असोज । मध्यपश्चिम विश्वविद्यालय र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) बीच पोलिसी ल्याब स्थापनाको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आज (बुधबार) मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको उपस्थितिमा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल र युएनडिपीका आयशानी मेडागांगोडा–लाबेले पोलिसी ल्याब स्थापना गरी नीति निर्माणसँग सम्बन्धित अनुसन्धानात्मक कार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उपकुलपतिको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा संयुक्त राष्ट्र संघ विकास कार्यक्रमका तर्फबाट अन्य प्रतिनिधिहरुको उपस्थिति थियो ।

नीति निर्माणका क्षेत्रहरु र अवस्था पहिचान गर्ने र सम्बन्धित सरोकारवाला निकायहरुलाई मार्ग निर्देशन गर्ने यस सम्झौताको प्रमुख उदेश्य रहेको बताइएको छ । तीन महिनाको अवधिभित्र कार्य सम्पन्न गर्ने गरी भएको यस सम्झौता अनुसार (European Union Support to Inclusive Federalism (EUSIF) र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (UNDP) ले मध्यपश्चिम विश्वविद्यालयलाई पोलिसी ल्याब स्थापना र सञ्चालनार्थ आवश्यक पूर्वाधार तथा प्रावधिक उपकरणहरुको सहयोग गर्नेछ ।

विश्वविद्यालयमा स्थापित पोलिसी ल्याबअन्तर्गतको टिमले विशेष गरी नीति निर्माणको क्षेत्रमा भएका कम्तिमा दश वटा प्रमुख रिसर्च प्रोफाइल्स तयार गरी सोका आधारमा आवश्यक Policy Briefs Policy र Position Papers तयार गरीसकेपछि कर्णाली प्रदेश स्तरमा नीति निर्माण एवं लागु गर्ने सरोकारवाला निकायहरुबीच Policy Dialogue हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्