Logo

एनआरएनए ११औं विश्व सम्मेलन : पारसमणि पोखरेलको उम्मेद्वारी सचिवमा



काठमाडौं, १२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिएसँगै यसका अभियन्ताहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसअघि केन्द्रीय महासचिवको लागि एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले उम्मेद्वारी घोषणा गरेका थिए ।

तर, विश्वभरिका साथीहरुको आग्रह र सुझावलाई ध्यानमा राखेर उनले यसपटक भने सचिव पदमा उम्मेद्वारी दिने भएका छन् । उनले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–२०२५ कार्यकालका लागि अन्ततः सचिव पदमा उम्मेद्वारी दिने भएका हुन् ।

पोखरेल विगत १९ वर्षदेखि निरन्तर गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय छन् । पोखरेलको रोटरी इन्टरनेश्नलमा २८ वर्षको प्रत्यक्ष–सक्रिय संलग्नता छ । उम्मेद्वारी घोषणासँगै उनले आफ्ना एजेण्डा पनि साझा गरेका छन् । जसमध्ये स्मार्ट एनआरएनए, नागरिकताको निरन्तरता, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने, १० अर्वको कम्पनीलाई सबै एनआरएनएसम्म पुर्याउने, विदेशी लगानी नेपाल भित्र्याउने, विदेशबाट नेपालीले मताधिकार प्रयोग गर्न पाउनको लागि पहल गर्ने, नेपाली उत्पादनलाई विश्व–बजारसम्म पुर्याउन पहल गर्नेलगायत मुख्य एजेण्डा रहेका छन् ।

पोखरेल एनआरएनए जापानका अध्यक्ष भैसकेका छन् । हाल उनी एनआरएनए एसिया प्यासिफिकका संयोजक हुन् । पोखरेललाई स्थापनाकालदेखि अहिलेसम्मका सबै नेतृत्वले रुचाएका छन् । उनी भिजनलाई एक्शनमा उतार्ने अभियन्ताको रुपमा चिनिन्छन् । दोश्रो पुस्ताका लागि स्पीच कन्टेस्ट गराएका पोखरेलको एनआरएनएमा एउटा छुट्टै पहिचान बनेको छ । गत वर्ष थाइल्याण्डको बैंककमा सम्पन्न ऐतिहासिक मिलाप सम्मेलनले पोखरेलको उचाइ झन थप गरेको थियो ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot