काठमाडौं, १५ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले टेलिकमका एमडी पौडेलसहित उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा, एनआईटिसीका तत्कालिन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, एनआईटिसीका तत्कालिन उपनिर्देशक सफल श्रेष्ठ, एनआईटिसीका तत्कालिन सहायक उपनिर्देशक रमेशप्रसाद पोखरेल, एनआईटिसीका तत्कालिन लेखा अधिकृत मिनबहादुर वली, एनआईटिसीका तत्कालिन लेखा अधिकृत रामबहादुर बुढा, एनआईटिसीका तत्कािलन कम्प्युटर ईन्जिनियर रामशरण गायकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।