Logo

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, मधेशका पूर्वमन्त्रीसहित ७ जना विरुद्ध मुद्दा



काठमाडौं, २१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यापक भ्रष्टाचार भएको बताएको छ ।

अख्तियारले प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको निश्कर्ष निकाल्दै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्का, प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्तसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त मुद्दामा आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ, प्रतिष्ठान सञ्चालक समितिका महासचिव नबराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई पनि प्रतिवादी बनाएको छ ।

तत्कालीन मन्त्री विजय कुमार र मेयर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी प्रचलित कानून विपरीत लागत साझेदारी सुन्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठानलाई सरकारी रकम उपलब्ध गराएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारले झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको निश्कर्ष निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्