Logo

दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो



काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् ।

यस अघि प्रसाईँले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।

प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।

कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएका थिए ।

प्रसाईँ केही समय अघिदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, बैंक तथा वित्तीय संस्था, लघुवित्तीय संस्थाको विरुद्धमा बोल्दै आएका थिए । पत्रकार सम्मेलनमा उनी विभिन्न व्यवसायिक घराना, व्यक्ति र बैक तथा वित्तीय संस्थाका विरुद्धमा उत्रिएका थिए ।

प्रसाईँले गरेको पत्रकार सम्मेलनका केही तस्विरहरु



प्रतिक्रिया दिनुहोस्