काठमाडौँ,२९ असोज । मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बा श्री सम्मान अर्पण गरेको छ । सोमबार ललितपुरमा आयोजित एक समारोहकाबीच गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई मदन पुरस्कार र कलाकार टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार प्रदान गरेका हुन् ।
अध्यक्ष दीक्षितले विजेता स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि दिएका थिए । दुवै पुरस्कारको राशि ४-४ लाख रुपैयाँ रहेको छ ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार र विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा श्री पुरस्कारको स्थापना गरिएको थियो । दुबै पुरस्कार नेपाली साहित्यको क्षेत्रमा निक्कै ख्यातीप्राप्त मानिन्छ ।