Logo

रहेनन् मदन पुरस्कार विजेता चित्तरञ्जन नेपाली



काठमाडौं,३० असोज । इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ ।उनको सोमबार ९२ वर्षको उमेरमा राजधानीको ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिसं १९८८ सालमा काठमाडौंमा जन्मिएका नेपालीले सामाजिक शास्त्र विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार पाएका थिए । नेपाल भाषामा समेत कलम चलाएका उनको खास नाम नारायणप्रसाद राजभण्डारी हो ।

प्रख्यात इतिहासकार नेपाली केही समय परराष्ट्र मन्त्रालयको सेवामा रहेपछि उनी गृह मन्त्रालयमा सरुवा भएका थिए । उनले नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए ।

साहित्यकारहरु विजय मल्ल, गोपाल प्रसाद रिमाल, गोविन्दबहादुर मल्ल, श्यामदास वैष्णव उनका समकालीन मित्र हुन् । पिता सरदार मेदिनी प्रसाद राजभण्डारी इतिहासकार बाबुराम आचार्यका नजिकका साथी थिए । नेपालीका कतिपय कविता र ऐतिहासिक लेख रचना शारदा पत्रिकामा प्रकाशित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्