Logo

बालेनले भाषण नसुनी हिँडेपछि प्रधानमन्त्री प्रचण्ड इरिटेड



काठमाडौं, २ पुस । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्ना कुरा राखेर बाहिरिएपछि प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन् । कार्यक्रमका प्रमख अतिथि रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना कुरा राखेर अतिथिको जवाफ सुन्दै नसुनी हिँडेको भन्दै बालेनको उक्त शैलीलाई लिएर आपत्ति जनाएका हुन् ।

‘अघि बालेन्द्रजी गइहाल्नु भयो । पहिला बोलेर हिड्नेसँग पनि मलाई अलिअलि इरिटेसन हुन्छ । आफूले भन्ने कुरा जे भन्नुछ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म,’– प्रधानमन्त्री प्रचण्डले भने ।

बालेनले गर्न चाहेको सबै काममा आफ्नो सहयोग र समर्थन रहँदा पनि बालेनले उक्त सहयोगलाई स्वीकार गर्न नचाहको उनको भनाइ छ ।

आफूले काठमाडौंको फोहार व्यवस्थापन, तीनकुनेको समस्या समाधान, र बागमतीका बारेमा सिंहदरबारमा धेरै मिटिङहरु गरेर निकास खोज्न पहल गरेको कुरालाई बालेनले स्वीकार गर्न नचाहेको उनको भनाइ छ ।

‘बागमतीको हस्तक्षेपको कुरालाई लिएर होस्, तीनकुनेको कुरा र फोहोरमैला ब्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्न कति पटक चाहीँ सिंहदरबारमा बैठक भयो ?’ प्रश्न गर्दै उनले भने, ‘अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्म, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्यवय गरेको अर्को कहि कसैले देख्नु भएको छ ? तपाईँ त्यसलाई रिकोग्नाइज गर्न किन डराउनु हुन्छ ? तपाईँ काठमाडौं महानगरपालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुर र काठमाडौंभित्रका अरु नगरपालिकालाई समन्वय गर्ने जिम्मेवारी छ । मैले तपाईलाई सहयोग गर्छु भन्ने कुराको रिकोग्नाइज गर्न तपाईँलाई के ले रोक्यो ?’



प्रतिक्रिया दिनुहोस्