Logo

प्रचण्डको सहकार्यको प्रस्तावपछि ओलीले डाके सचिवालय बैठक



काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई भाग दिने प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा आफूहरुलाई ६ सिट चाहिने दाबी गरेका छन् । त्यसमा दाहाल सकारात्मक छन् ।

प्रधानमन्त्री दाहालले त राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि समेट्नेगरि आफूले छलफल थालेको भनेर सत्ता गठबन्धनमा ब्रिफिङ गरेका छन् । दाहालको उक्त प्रस्ताव देउवा पनि सकारात्मक रहेको बुझिएको छ । तर, माधव नेपाललगायतका नेताहरुले भने विरोध जनाएका छन् ।

प्रधानमन्त्री दाहालले नै राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने प्रस्ताव गरेपछि एमाले अध्यक्ष ओलीले त्यसबारेमा निर्णय लिनको लागि भोलि (शुक्रबार) सचिवालय बैठक डाकेका छन् । बैठक भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि दिउँसो १२ बजेका लागि बोलाइएको छ । file photo



प्रतिक्रिया दिनुहोस्