Logo

रञ्जिताको पद घटुवा, सहअध्यक्षमा मनोनित गर्ने नाउपाको निर्णय



काठमाडौं, २८ पुस । नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय भएको छ । नवनिर्वाचित समितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नाउपाको प्रथम महाधिवेशनबाट रेशमलालल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । रेशम र रञ्जिता श्रीमान श्रीमति हुन् । रञ्जिताले एक कार्यकाल आफूनै अध्यक्ष बनेर पार्टी हाँक्ने प्रस्ताव राख्दा रेमशले त्यसलाई अस्वीकार गर्दै आफैं अध्यक्ष बनेको बताइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीसमेत रहेकी रञ्जिता पुनः पार्टी अध्यक्ष बन्न नपाएपछि महाधिवेशन छाडेर काठमाडौं फर्किसकेकी छन् । रेशमले भने उनलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय भएको पत्र पठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्