Logo

बागमतीविरुद्ध सन्दीप जोराको शानदार शतक



काठमाडौं,२९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

उनले १०४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण शतकीय पारी खेलेका हुन् ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

१०३ रन बनाउँदै खेलिरहेका छन् । ताजा अवस्थामा एपीएफले ४६ ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको छ ।

यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्