काठमाडौं,२९ पुस । विभागीय टिम एपीएफले दिएको २४२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको बागमती प्रदेशका कप्तान रित गौतमले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा जवाफी ब्याटिङ गर्दै तेस्रो नम्बारमा ब्याटिङमा आएका गौतम अर्धशतक बनाएर आउट भएका छन् । उनले ८९ बलको सामना गर्दा ६० रन जोडेका थिए । त्यसक्रममा गौतमले ८ चौकासमेत हिर्काएका थिए । यसअघि ओपनर आशुतोष घिरैया ५७ बलमा ४१ रन बनाएर आउट भएका थिए ।
ताजा अवस्थामा बागमतीले ३२ ओभरमा ५ विकेट गुमाएर १२३ रन जोडेको छ । पहिलो खेलमा नेपाल पुलिससँग ६७ रनले पराजित बागमतीलाई आजको खेल जित्दै सुखद सुरुआत गर्नुपर्ने चुनौती रहेको छ ।