Logo

एकीकृत समाजवादीका नेता पाण्डेको पीडा, ‘कांग्रेसको घातकै कारण मैले निर्वाचन हारेको थिएँ’



काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले आफूले नेपाली कांग्रेसका नेताहरुको घातकै कारण प्रतिनिधि सभा सदस्य निर्वाचन हारेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा मात्रै नभएर यसअघि पनि पटक–पटक कांग्रेसका नेताहरुले गठबन्धन दलका उम्मेदवारमाथि घात गर्ने गरेको बताएका हुन् ।

उनले पाल्पामा आफू प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुँदा प्रदेशको उम्मेदवारलाई ६ हजार दुई सय बढि मतले जिताएपनि आफूलाई नियतबस हराइएको बताए ।

‘चुनावमा यस्ता खाल्का हर्कत विगतमा नभएको पनि होईन । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका साथीहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई हराएको कुरा स्पष्ट नजीर छ । भोट नभएर होईन, नेपाली कांग्रेसका असहयोगले गठबन्धनका उम्मेदवार हारेका छन् । गठबन्धनका २२ जनाभन्दा बढि उम्मेदवार नेपाली कांग्रेका प्रवृतिका कारण अहिले संसद् बाहिर छौं । म स्वयं पाल्पाबाट पाँच पटक निर्वाचित व्यक्ति हो । यस पटक, छैटौं पटक म गठबन्धनबाट उम्मेदवार थिएँ । गठबन्धनले त्यहाँ प्रदेशमा ६२ सय भोटले जितेको छ । तर, संघीय उम्मेदवार मलाई हराइयो । म हारेको छु । कारण के हो भने गठबन्धनको भोट भनएर होईन । गठबन्धनबाट भोट नदिइएर । त्यसकारण यो नौलो कुरा होईन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्