Logo

प्रचण्डलाई देउवाको थ्रेट : मन्त्रिपरिषद् हेरफेर गर्ने भएपनि कांग्रेसका मन्त्री नचलाउनु



काठमाडौं, १४ माघ । सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल एकाएक रोकिएका छन् । मन्त्रिपरिषद् पूनर्गठनको लागि तम्सिएका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलबाट सरकारमा सहभागी मन्त्रीहरु अहिले नचलाउन चेतावनी दिएपछि उनी रोकिएका हुन् ।

प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुको सेट नै परिवर्तन गर्न चाहेका छन् । यसको लागि उनले गठबन्धनभित्र छलफलसमेत गरेको चर्चा छ । तर, कांग्रेस सभापति देउवा अहिले मन्त्रीहरु हेरफेर गर्ने पक्षमा छैनन् । अहिले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउँदा पार्टीभित्रको शक्ति सन्तुलन बिग्रिनसक्ने उनको आँकलन छ । सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुको कार्यशैलीलाई लिएर चिन्ता गर्न नपर्ने उनको बुझाई छ ।

उनले अहिले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गरेको निश्कर्ष निकालेका छन् । देउवाले मन्त्रिपरिषद् हेफेर गर्ने नै हो भने कांग्रेसबाहेकको गर्न प्रचण्डलाई सुझाव दिएका छन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सहमति छ । तर, कांग्रेस र माओवादीबीच माधव नेपाललाई प्रधानमन्त्री दिन नहुने भनेर लविङ भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot