Logo

दाहाल–ओली भेटवार्ताले बुढानिलकण्ठमा तरंग, चौधरी पक्राउपछि दाहालमाथि देउवाको दबाब



काठमाडौं, १९ माघ । राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले धोका दिँदा कोशीमा आफ्नो दलकी उम्मेद््वार चम्पादेवी कार्की पराजित भएपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस नेतृत्वसँग रुष्ट छन् । उनले निर्वाचनको परीणाम आएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेको कुरा बाहिरिएको छ ।

तर, कोशीमा कांग्रेसले आफूहरुलाई पटक पटक धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरुले अब सहकार्य तोड्नुपर्ने आवाज उठाउन थालेका छन् । वर्षमान पुनलगायतका नेताहरुले त अब नेतृत्वले गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बेला आएको भनेर दबाब सिर्जना गरेका छन् ।

गठबन्धनमा खटपट सुरु भएसँगै माओवादी केन्द्रका नेताहरुले एमालेसँग सहकार्य गर्नेगरि छलफल थालेको पनि चर्चा छ। यही सन्दर्भमा आज (शुक्रबार) प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा टिआरसी टुँगो लगाउने विषयमा छलफल भएको बताईएको छ । तर, दुई नेताबीच सत्ता–सहकार्यबारे समेत छलफल भएको बताईएको छ।

माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नसक्ने र आँफै राख्ने अडान लिनु र ओलीसँग लगातार दाहालले छलफल गर्नुले देउवा सशंकित छन् । हिजोमात्रै कांग्रेसका प्रभावशाली नेता डा. शशांक कोइरालाले पनि प्रचण्डले यत्तिकै सरकारको नेतृत्व नछाड्ने र उनलाई सरकारको नेतृत्वबाट विस्थापित गर्नुपर्ने आवाज उठाएका छन् ।

कोइरालाले बरु गठबन्धनभित्र भएको सहमतिअनुसार माधव नेपाललाई सरकारको नेतृत्वमा ल्याउनुपर्ने आवाज उठाए । हिजोमात्रै कांग्रेस सांसदसमेत रहेका डलर अर्वपति विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ परेपछि सत्ता गठबन्धनमा हलचल पैदा भएको छ । सो केसमा विनोद चौधरी पनि मुछिएको र उनीपनि सिआईबीको अनुसन्धानको दायरामा आउने स्रोतको दाबी छ। तर, विनोदलाई पक्राउ नगर्न देउवाले प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot