काठमाडौं,२१ माघ । सभामुख देवराज घिमिरेले संसद भवनको अवलोकन गरेका छन् । आइतबार दिउँसो सभामुख घिमिरेले नयाँ बानेश्वरस्थित संसद भवन पुगेर अवलोकन गरेका हुन् ।
सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय लगायतका संसद् सचिवालयका कर्मचारी संसद् भवन पुगेका छन् । संसद् सचिवालयका कर्मचारीहरूले सदनको व्यवस्थापनबारे सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको बैठक भोलिबाट सुरु हुँदैछ । भोलि दिउँसो ४ बजेका लागि संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ ।
तस्बिर मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल