Logo

झलनाथले किन गरे ‘अब वामपन्थीहरुले १८ पटक सोचेर जानुपर्छ’ भन्ने कुरा ? (भिडिओसहित)



काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा भ्रष्टाचार र विसंगतिहरु व्याप्त रहेकोले जनताले विकल्प खोजिरहेको टिप्पणी गरेका छन् । अहिलेको विकृत व्यवस्थाको विकल्प भनेको समाजवादी व्यवस्था भएको उनको भनाई छ ।

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले दक्षिणपन्थी शक्तिहरु यथास्थितिवादको बाटोमा हिँडिरहेका छन्, र कतिपय वापमन्थीहरु पनि यथास्थितिवादको बाटोमा हिँडेर जनता र राष्ट्रका समस्यालाई कुल्चिने काम गरिरहेका छन्, यो कुरालाई उनीहरुले सच्याउनुपर्छ । आमूल परिवर्तन र परिवर्तनको पक्षमा रहन्छु भन्नेहरुले एक आपसमा एकता कायम गरेर मुलुकलाई तत्कालिक विकल्प दिन सक्नुपर्छ । त्यसका लागि यो देशका वामपन्थीहरुले १८ पटक सोचेर नयाँ ढंगले जानु आवश्यक छ भन्ने म ठान्छु ।’ उनले बहुदलीय जनवाद यो देशमा ०१५ सालमा स्थापित भएको तर यसले समस्या समाधान नगरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्