काठमाडौं,२५ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान सरकरा परिवर्तनबारे सत्ता गठबन्धनमा कुनैपनि छलफल नभएको प्रष्ट पारेका छन् ।
बुधबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सो कुरा दाबी गरेका हुन् । खनालले ३२ सिट भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दासमेत जनतामा चरम असन्तसष्टि सिर्जना भएको दाबी गर्दै १० सिट भएको एकीकृत समाजवादीले सत्ताको नेतृत्व लिँदा जनतामा राम्रो इमेज नजाने र पार्टीको पनि इमेज कमजोर हुने जिकिर गरे ।
उनले भने ‘यो खिचडीको पनि खिचडी, ३२ वटा सिट भएको पार्टीले खिचडी सरकार चलाउँदा यो हालत छ, अब दशवटा सीट भएको पार्टीले खिचडी सरकार चलाउँदा के हालत होला ? मलाई त्यसमा चाहिँ चिन्ता छ । त्यसो गरेर हाम्रो अध्यक्षको इमेज अझै बढ्ता ड्यामेज हुने हो कि ? उहाँको ड्यामेज हुँदा हाम्रो सिंगै पार्टीको इमेज ड्यामेज हुने हो कि ? त्योपट्टि मलाई चिन्ता छ’ ।
सम्मानीत नेता खनालले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा आफूलाई कुनै आपत्ति नभएपनि पार्टीले दिर्घकालका लागि सोचेर यसबारेमा निर्णय लिनुपर्ने बताए ।