विराटनगरमा शंकास्पद वस्तु फेला, नेपाली सेनाको टोली घटनास्थलमा

252
Shares

मोरङ, १ फागुन । मोरङको विराटनगर महानगरपालिका–३ मा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ।

प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ। शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेका छन्।

शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ। सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु केहो भनी पहिचान हुने प्रहरीको भनाइ छ ।