Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न केपी ओली सिंहदरबारमा



काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्नको लागि सिंहदरबार पुगेका छन् । प्रधानमन्त्रीको कार्यकक्षमा दुई नेताबीच भेटवार्ता सुरू भएको हो ।

पछिल्लो समय सत्ता गठबन्धनमा खासगरी माओवादी र कांग्रेसबीच खटपट सुरु भएको चर्चा छ । यस्तो अवस्थामा भएको दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री दाहालले टिआरसी विद्येयक टुँगो लगाउनको लागि विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्