Logo

सुनसरी कांग्रेस सभापतिको प्रस्ताव: माओवादीलाई धेरै नबिच्काऊँ, एमालेलाई कमजोर पारौं



काठमाडौं । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले अहिलेको सत्ता गठबन्धनलाई धरापमा पारेर कांग्रेसले नयाँ प्रस्ताव पास गर्न नहुने बताएका छन् ।

कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै नेता भण्डारीले कांग्रेसले पास गर्ने प्रस्तावले सत्ता गठबन्धनमा कुनैपनि समस्या आउन दिन नहुने बताएका छन् । उनले यस महासमिति बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई बिच्काउन नहुने बरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भने जतिसक्दो कमजोर बनाउनुतिर लागुनपर्ने बताएका छन् ।

उनले भने, ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न । गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्नहुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दु:खेको हुन्छ । नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्