काठमाडौं,९ फागुन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता रमेशजंग रायमाझीले सत्ता गठबन्धनलाई दायाँबाँया गर्न नहुने बताएका छन् ।
पार्टीको जारी महासमिति बैठकलाई सम्बोधन गर्दै रायमाझीले यो गठबन्धन टुटेमा कम्युनिष्टहरु मिल्ने सम्भावना प्रवल रहेको दाबी गर्दै कांग्रेसले यो गठबन्धनलाई बिच्काउन नहुने बताएका हुन् । उनले कांग्रेले गठबन्धन नगर्ने भनिरहँदा आगामी राष्ट्रिय सभाको अध्यक्ष अन्य दलले पाएमा पार्टीको हालत के हुन्छ ? भन्दै प्रश्नसमेत गरेका छन् ।
कम्युष्टिहरु मिलेमा पार्टीको अस्तित्व समाप्त हुने खतरा रहने भन्दै उनले भएका कमिकमजोरी सच्याएर गो गठबन्धन जोगाउनुपर्ने बताएका छन् । “राष्ट्रियसभा अध्यक्षको पद खाली हुँदैछ । कांग्रेसलाई संवैधानिक परिषद् सदस्य बनाउनुपर्छ भनेर कुरा अघि बढिरहेको बेलामा गठबन्धन तोड्ने भनेको के हो ? कांग्रेसले त्यो गुमाउन खोजेको हो ?,” ।
उनले मंगलबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबिच ५० मिनेट छलफल भएको पनि बैठकलाई बताए । “गठबन्धन अहिलेको आवश्यकता हो । एउटा नेताले गरेको मात्र गठबन्धन हैन । गठबन्धन आवश्यक नभएको भए नयाँ नेतृत्वलाई निर्णय गर्न दिँदा हुन्छ अहिले ८४ र ८२ भनेर हिँड्ने ?,” उनले भने, “कम्युनिष्टहरू एक हुँदैछन् । ओठ, मुख सुकाउने अवस्था भोलि नबनोस् । राष्ट्रियसभा अध्यक्ष गुमाउने काममा पार्टी नलागोस् ।” file photo