Logo

सदन अवरुद्ध गरेर सत्तामा पुग्ने सपना नदेख्न एमालेलाई कांग्रेसको चेतावनी



काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन) ले संसद अवरुद्ध गरेर सत्ता प्राप्त गर्ने अभिलाषा नदेख्न चेतावनी दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले सदन अवरुद्ध गरेर समस्याको समाधान नहुने भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई सदन अवरुद्ध गर्ने उजेण्डाबाट ब्याक हुन आग्रह गरेका छन् ।

उनले भने,‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन। पटकपटक अवरोध गर्ने मुडमा छ। मलाई लाग्दछ, संसदको काम भनेको कानून निर्माण गर्ने हो। एक वर्षमा एउटा कानून निर्माण भयो। आम जनतामा असन्तोष छ। म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला’।



प्रतिक्रिया दिनुहोस्

Screenshot