Logo

‘कांग्रेसको महासमिति बैठकलाई माओवादीले नजिकबाट हेरेको छ’



काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) ले आगामी चैत्र १ गतेदेखि तराई—मधेस जागरण अभियान चलाउने भएको छ । आज (बिहीबार) पार्टी मुख्यालय, पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । पार्टीको आन्तरिक विवादका कारण पार्टी मधेशमा कमजोर भैरहेको माओवादीको निश्कर्ष छ ।

आजको बैठकमा ’माओवादी विशेष रुपान्तरण अभियान’का क्रममा धेरै खटिएका नेता–कार्यकर्तालाई सम्मानपत्र दिने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जनाए । बैठकले सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेसको महासमिति बैठकलाई नजिकबाट नियाँलिरहेको पनि सापकोटाले जनाए । file photo



प्रतिक्रिया दिनुहोस्