Logo

ओलीलाई बर्थ–डे विस गर्न बालकोट जाने मुडमा प्रधानमन्त्री प्रचण्ड !



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुमधुर सम्बन्ध छ । यी दुई नेता सार्वजनिक रुपमा एक–अर्काका विरुद्धमा खरो रुपमा उत्रिएपनि व्यक्तिगत रुपमा भने उनीहरुबीच सुमधुर सम्बन्ध रहेको छ । पछिल्लो समय दुई नेताबीच लगातार भेटवार्ता भैरहेको छ ।

उनीहरुबीच सत्ता–सहकार्यको विषयमा समेत छलफल हुन थालेको बताईएको छ । ओली र दाहाल कुनै समय एउटै पार्टीमा अध्यक्षको जिम्मेवारीमा थिए । नेकपाका अध्यक्ष हुँदा उनीहरु दुई पाईलटको रुपमा थिए । तर, पछि नेकपा विघटन भयो । अहिले उनीहरु एमाले र माओवादीको नेतृत्वमा छन् ।

कांग्रेससँगको गठबन्धनबाट ०७९ मा चुनाव लड्दा प्रधानमन्त्री नपाएपछि प्रचण्ड बालकोट पुगेका थिए । ०७९ पुष १० गते ओलीकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । तर, तीन महिना नबित्दै प्रचण्डले एमालेसहितको गठबन्धन तोडेर कांग्रेससम्मलित पूरानै गठबन्धन रोजे । यसले प्रदेशसम्मका सरकारमा अप्ठ्यारो पार्यो । प्रचण्डबाट राजनीतिक रुपमा यत्रो ठूलो धोका भएको चर्चा एमालेभित्र हुने गर्दापनि ओलीले भने प्रचण्डसँग सम्बन्धमा हार्दिकता देखाउँदै आएका छन् ।

उसो त एमालेका माग पूरा गराउनको लागि सरकारको नेतृत्वमा बसेर प्रचण्डले पनि दिल खोलेर सहयोग गरेको चर्चा छ । यी दुई नेताबीच सार्वजनिक रुपमा पनि आरोप प्रत्यारोप हुन छाडेको छ । बरु, प्रधानमन्त्री प्रचण्डको जन्मदिनमा ओलीले शुभकामना दिएर सम्बन्धमा हार्दिकता रहेको दर्शाएका थिए ।

गत मंसिर २६ गते प्रचण्डको जन्मदिन थियो । त्यतिवेला एमाले अध्यक्ष ओली पार्टीको झुलाघाट–चिवाभञ्याङ अभियानमा थिए । उनले प्रचण्डको जन्मदिनको दिन राति अवरेर सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए । त्यतिवेला उनी अभियानको क्रममा दिक्तेल पुगेका थिए । फोनमा कुरा गरेर आफूले जन्मदिनको शुभकामना दिएको कुरा ओलीले फेशबुकमार्फत सार्वजनिक गरेका थिए ।

उनले प्रचण्डको जन्मदिनमा लेखेका थिए–‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना ! Happy Birthday!

आज एमाले अध्यक्ष ओलीको जन्मदिन हो । पार्टीका नेता तथा कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिएर सञ्जाल रंग्याएका छन् । प्रधानमन्त्री दाहालले पनि ओलीलाई जन्मदिनको शुभकामना दिनको लागि बालकोट जाने मुड बनाएका छन् । प्रचण्ड ओलीलाई बर्थडेको अवसरमा सरप्राईज दिने मुडमा रहेका छन् ।

कांग्रेससँगको सम्बन्धमा चिसोपना आएसँगै प्रचण्डले एमालेसँग सहकार्य गर्नेगरि आफूलाई मुभ गराएका छन् । राष्ट्रियसभाको अध्यक्षको लागि यही फागुन २९ गते हुने निर्वाचनअघि नै एमाले–माओवादीबीच सत्ता–सहकार्यको लागि छलफल अघि बढेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot