Logo

ओलीको दबाब थेग्न नसक्ने प्रचण्डको संकेत, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी



काठमाडौं, ११ फागुन । दुई जना युवाको ज्यान जानेगरि भएको बालुकमारी घट्नामा दोषी ठहरिएको भन्दै एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । छानबिन समितिले नै मन्त्री ज्वालाको कारण उक्त घट्ना घटेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

तर, प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रीलाई कारबाही नगरेको भन्दै एमालेले सरकारको आलोचना गरेको छ। एमालेले यो विषय संसद्मा समेत प्रवेश गराएको छ । आजमात्रै एमाले सांसद योगेश भट्टराईले मन्त्री ज्वालाको राजीनामा मागेका छन् । भट्टराईले टेरामक्स घोटालामा मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनीको रामग्राम परियोजनामा मुछिएका पर्यटनमन्त्री सुदन किरातीको पनि राजीनामा मागेका छन् ।

भट्टराईले त गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि राजीनामा मागेका छन् । तर, एमालेको निशानामा माधव नेपाल नेतृत्वको नेकपा (एर्कीकत समाजवादी) बाट मन्त्री बनेका प्रकाश ज्वाला परेका छन् । यो विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत प्रधानमन्त्री दाहाललाई दबाब दिएका छन् ।

छानबिन समितिले नै दोषी देखाएपछि मन्त्री ज्वालालाई कारबाही गर्ने दबाबमा प्रधानमन्त्री प्रचण्डपनि पुगेका छन् । उनले आफूनिकट नेताहरुसँग ओलीको दबाब थेग्न नसकिने सुनाउन थालेका छन् । बालुवाटारनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई सकेसम्म आँफै राजीनामा दिन सुझाएका छन् ।

तर, आज/भोलिभित्रै राजीनामा नआए बर्खास्त गर्नुपने अवस्थामा आफु पुग्नुपर्ने अवस्था आउनसक्ने भनेर सचेत गराएका छन् । आफ्नो मन्त्रीमाथि पूर्वाग्रह साँधिएको माधव नेपालको गुनासो छ। बालकुमारी घट्नामा मन्त्री ज्वालाको कुनै दोष नभएको एकीकृत समाजवादीका नेताहरुको दाबी छ । उक्त विषयमा त श्रममन्त्री र गृहमन्त्री दोषी हुनुपर्ने उनीहरुको भनाई छ ।file photo



प्रतिक्रिया दिनुहोस्