Logo

एमाले अध्यक्ष ओली पत्नी राधिकासहित चन्द्रागिरीमा



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चन्द्रागिरी पुगेका छन् । पत्नी राधिका शाक्यसहित उनी चन्द्रागिरीमा बस्नेगरि पुगेको जनाईएको छ ।

पछिल्लो समय पार्टीका विभिन्न बैठकमा व्यस्त ओलीले हालै जन्मदिन पनि मनाएका छन् । ओलीलाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि जन्मदिनको शुभकामना दिएका थिए ।

पछिल्लो समय ओलीसँग प्रधानमन्त्री प्रचण्डको सम्बन्ध सुधार भएको बताईएको छ । दुई नेताबीच लगातार भेटवार्तापनि भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्