Logo

(राष्ट्रिय सभाको अध्यक्ष) का कारण प्रचण्ड दवाबमा



काठमाडौं, १५ फागुन । आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई लिएर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मा रसाकस्सी सुरु भएको छ । हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनअघि कांग्रेसको भागमा राष्ट्रिय सभाको अध्यक्ष दिने सहमति भएपनि कोशी प्रदेशमा माओवादी केन्द्रकी नेतृ चम्पा कार्की पराजीत भएपछि परिस्थिति बदलिएको छ ।

हरहालतमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन पर्ने लाईनमा कांग्रेस छ । त्यस्तै, कोशी प्रदेशको परिणामबाट विच्किएका माओवादी नेताहरु भने कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिन नहुने पक्षमा अडान लिँदै आएका छन् ।

आज (मंगलबार) को माओवादी स्थायी कमिटी बैठकमा पनि नेताहरुले राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा पर्नुपर्ने भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकार्षण गराए ।

त्यस्तै, माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुन र अन्य केन्द्रीय नेताहरुले पनि राष्ट्रिय सभा अध्यक्ष नछाड्ने बताउँदै आएका छन् । आजको स्थायी कमिर्टी बैठकमा राष्ट्रिय सभाको अध्यक्षबारे छलफल भएको र सबै नेताहरुले माओवादीले छाड्न नहुने मत राखेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । त्यसको सम्बन्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्षको अडान लिनुपर्छ भन्ने अधिकांश स्थायी कमिटी सदस्यहरुको भनाइ आएको छ,’– प्रवक्ता सापकोटाले भने ।



प्रतिक्रिया दिनुहोस्