Logo

एमाले समाजवादी मोर्चामा आउने सम्भावनालाई इन्कार गर्नुहुन्नः विप्लव



काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) समाजवादी मोर्चामा आउने सम्भावना प्रवल रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामपन्थी धारहरुलाई एक ठाउँमा ल्याउने पहल भइरहेको बताएका हुन् ।

उनले अहिले मोहन विक्रम सिंह नेतृत्वको मसालसँग समाजवादी मोर्चामा आउनेबारेमा छलफल भइरहेको र छिट्टै एमालेसँग पनि छलफल हुने बताए । उनले केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट हुँदा वामपन्थी मोर्चाबारे छलफल भएको उनले बताए ।

एमाले अध्यक्ष ओलीसँगको भेटको प्रसंगमा उनले भने, ‘हो पहिला पनि हाम्रो एक पटक भेट हुँदा वामपन्थी आन्दोलनबारे छलफलल भएको छ । एमालेका सबै देशभरका कमरेडहरुसँग कुराकानी हुँदाखेरी सकारात्मक हुनुहुन्छ । समाजवाद एमालेको पनि एजेण्डा हो । केपी ओलीले समाजवाद अहिलेको एजेण्डा हो भनेर बोलिसक्नु भयो ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि २००६ सालको आधारमा हेरिनुपर्ने उनको भनाइ छ । देशलाई सम्हाल्ने गरी वामपन्थीहरुको एकता अहिलेको आवश्यकता रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्