Logo

राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै लिन्छः नेता दाहाल



काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले आफूहरुले राष्ट्रिय सभा अध्यक्ष नछाड्ने बताएका छन् ।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीबाटै राष्ट्रिय सभा अध्यक्ष चयन हुने बताएका हुन् । राष्ट्रिय सभा अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा कुनै दरार नआउने उनको दाबी छ । साथै, उनले आगामी ०८४ सालको निर्वाचन माओवादीले एक्लै लड्ने पनि बताए ।

‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीकै हुन्छ । त्यसमा दुईमत छैन, यही गठबन्धनबाट हुन्छ । ०८४ मा जाँदा सकेसम्म आफ्नो–आफ्नै ढंगले चुनाव लड्ने भन्ने छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्