Logo

माओवादीको निर्णयलगत्तै देउवा तात्तिए, बोलाए आकस्मिक बैठक



काठमाडौं,१६ फागुन । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउन निर्णय गरेसँगै राजनीतिक वृत तातिएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले ारष्ट्रिय सभामा आफ्नै उम्मेदवार उठाउने र आगामी निर्वाचनमा कुनैपनि गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

माओवादीको उक्त निर्णय बाहिरिएसँगै सत्ता गठबन्धनकोा प्रमुख घटक नेपाली कांग्रेसभित्र खैलाबैला भएको छ । माओवादीको निर्णय बाहिरिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुसँग प्रतिक्रिया लिएको स्रोतको दाबी छ ।

माओवादीको निर्णय आउँदा सिंहदरबारमा रहेका देउवाले त्यहाँ उपलब्ध नेताहरुसँग छलफल गरेका थिए । अनौपचारिक छलफलमा देउवालाई नेताहअरुले तत्काल पार्टी बैठक बोलाउन सुझाव दिएका छन् । नेताहरुको सुझावपछि देउवाले बैठक बोलाएका छन् । तर, बैठकको मिति भने बाहिर सार्वजनिक गरिएको छैन् ।

राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको दाबी रहेको छ । तर, माओवादीले आफनै उम्मेदवार उठाउने निर्णय गरेसँगै सिटौला अध्यक्ष बन्नेबाटो बन्द हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्