Logo

माधव नेपाल प्रधानमन्त्री बन्न ओली तगारो



काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्छु भन्दै हिँड्दा आफूलाई अचम्म लागेको बताएका छन् । आज (बुधबार) सुनसरीको इनरुवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैै संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको दलको अध्यक्षले प्रधानमन्त्री बन्दैछु भन्नु हास्यास्पद रहेको बताएका हुन् ।

‘संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको दलको मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुने ?’ भन्दै उनले प्रश्नसमेत गरे ।

सत्तारुढ गठबन्धन दलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताइएको छ । एकीकृत समाजवादीका नेताहरुले पनि अबको १० महिनापछि माधव नेपाल प्रधानमन्त्री बन्ने ठोकुवा गर्दै आएका छन् । तर, प्रमुख प्रतिपक्षी दल एमाले भने माधवलाई हरहालतमा प्रधानमन्त्री बन्नबाट रोक्ने कसरतमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot