Logo

कांग्रेसले गठबन्धन तोड्न चाह्यो भने नयाँ ढङ्गले सोच्छौंः माओवादी सचिव शर्मा (भिडिओसहित)



काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आफूहरुको रणनीति गठबन्धन तोड्ने नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक स्थायित्व र स्थिरताका लागि यो गठबन्धन कायम रहनुपर्ने उनको भनाइ छ । आफूहरुले नचाहँदा पनि कांग्रेस गठबन्धन तोड्ने पक्षमा यो भने आफूहरु नयाँ ढङ्गले सोच्न बाध्य हुने बताए ।

‘हाम्रो रणनीति यो गठबन्धन तोड्ने पक्षमा छैन । गठबन्धन तोड्दा नेपाली जनताले चाहेको स्थिरतामा अवरोध हुन्छ । माओवादीले राजनीतिक स्थिरता र स्थायित्वको पक्षमा संघर्ष गर्दै आएको हो । त्यसकारण हामी यो गठबन्धन तोड्न चाहँदैनौं । तर, नेपाली कांग्रेसले यो गठबन्धन हामीलाई चाहिँदैन भन्यो भने त्यो बेलामा नयाँ ढङ्गले सोच्नुपर्ने हुन्छ,’– उनले भने ।

प्रमुख प्रतिपक्षले चाहँदैमा यो गठबन्धन नभत्किने उनको भनाइ छ । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण गठबन्धनमा केही हलचल आउन खोजेपनि आफूहरु संयमित हुनुपर्ने उनको भनाइ छ । संसद्मा कसको कति सिट छ भन्दा पनि राजनीतिक स्थायित्व र निकास कसले दिन सक्छ भनेर हेर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको सहमतिअनुसार पद छाड्दै गर्दा कहीँ न कहीँ आफूहरुको उपस्थिति आवश्यक छ भनेर राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निर्णय भएको उनको भनाइ छ ।

आफूहरुको दाबी भएपनि सबै कुरा गठबन्धनबाट टुङ्गिने र कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको उम्मेदवारलाई स्वीकार गर्ने उनको विश्वास ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्