Logo

प्रचण्डसँग ओली पनि चितवन जाने भएपछि माधव नेपाल आजै गए



काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चितवनको भरतपुर आएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निमन्त्रणामा उनी भारतपुर गएका हुन् । भोलि (शुक्रबार) नारायणी किनारमा हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन उनी भरतपुर गरेका हुन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चितवन आउने कार्यतालिका रहेको छ । स्रोतका अनुसार ओली–प्रचण्ड एउटै हेलिकोप्टरमा जाने तयारी रहेको छ ।

पार्टी विभाजनपछि एक–अर्काको नाम पनि सुन्न मन नपराउने एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भोलि एउटै कार्यक्रममा देखिने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्