Logo

१४ वर्षीय शालिनको शंकास्पद मृत्यु: प्रिन्सिपल देवकोटासहित तीन जना पक्राउ



काठमाडौं, १७ फागुन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत १४ वर्षीय शालिन पोखरेलको रहस्यमयी मृत्यु प्रकरणमा सोही विद्यालयका प्रिन्सिपल बालहरि देवकोटासहित तीन जना पक्राउ गरेका छन् ।

गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा शालिनको शव फेला परेको थियो । शालिनले आत्महत्या गरेको भनिए पनि उनको परिवारले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शालिनको परिवारले न्यायका लागि अपील गरेको थियो । मृतक शालिनका बुबा दिपेन्द्रले आफूहरुलाई विद्यालका प्रिन्सिपल देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलमाथि शंका रहेको बताएका थिए । उनीहरुविरुद्ध सुरुमा प्रहरीले किटानी जाहेरीसमेत लिन नमानेको दीपेन्द्रको भनाइ थियो ।

विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी, तीन जनामाथि शंका (अझै शव बुझिएन)



प्रतिक्रिया दिनुहोस्