Logo

‘मलाई चितवनको कार्यक्रमले पोलिरहेको छ’ भन्दै ओली त्यसतर्फ हानिए



काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का अधयक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन शत्रमा सहभागी हुन चितवन प्रस्थान गरेका छन् ।

भतपुर महानगपालिका प्रमुख रेनु दाहालको निमन्त्रणमा उनी उक्त कार्यक्रममा सहभागी भएका हुन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपाल हिजो नै भरतपुर गएका थिए ।

साथै, उक्त कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि भरतपुर पुगेका छन् ।

आज (शुक्रबार) नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई चितवनको कार्यक्रमले पोलिरहेको र त्यहाँ पुगेर आजनै ललितपुरको एक कार्यक्रममा सहभागी हुन फर्किनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्