Logo

भरतपुर पुगेर रविले रेनुलाई भने, ‘म मेयरसाबको प्रशंसक हुँ’



काठमाडौं, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले भरतपुर भ्रमण वर्ष–२०२४ अभियान सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

आज (शुक्रबार) भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सबैलाई सिंगो चितवन घुम्न आउन आग्रह गरेका छन् ।

साथै, रविले आफूले भरतपुर महानगर प्रमुख रेनु दाहालको राम्रा कामको सधैं प्रशंसा गरिरहेको बताए । उनले आफूले मिडियामा रहँदा पनि रेनुले गरेको राम्रा कामको प्रशंसा गरेको बताए ।

‘म मेयर साबले र उहाँको टिमले गरेको राम्रा कामको प्रशंसक हुँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्