Logo

चितवनमा छल्किएको प्रचण्ड–ओली हार्दिकता



काठमाडौं, १८ फागुन । सत्ता–सहकार्यको लागि निरन्तर छलफलमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सुमधुर सम्बन्ध रहेको छ ।

भरतपुर महानगरको भ्रमण वर्षको उद्घाटन समारोहमा ओली पनि सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड भने हिजै भरतपुर पुगेका थिए ।

ओली भने आज कार्यक्रम जारी रहेकै अवस्थामा पुगेका हुन् । मञ्चमा ओली र दाहालबीच हार्दिकता देखिएको छ। एमाले र माओवादीबीच सत्ता–सहकार्यबारे छलफल चलेको बताईएको छ ।

राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनमा कांग्रेस र माओवादी दुवै दलले आ–आफ्ना उम्मेद्वार उठाउने भनेका छन् । यसले सत्ता गठबन्धनमा समस्या पैदा भएको चर्चा छ ।

यसैबीच एमालेले सत्ता गठबन्धन तोड्नेगरि माओवादीलाई राष्ट्रियसभाको अध्यक्षमा सघाउने वचन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot