Logo

शालिनको न्यायका लागि प्रदर्शनमा उत्रिएकामाथि प्रहरी दमन, नेविसंघ केन्द्रीय सदस्य फुँयाललगायत पक्राउ



काठमाडौं, १८ फागुन । गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोक स्थायी घर भई चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत १४ वर्षीय शालिन पोखरेलको शंकास्पद मृत्युलाई उनको परिवारले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको छ । उक्त घटनालाई लिएर उचित छानविन र दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाहीको माग गर्दै काठमाडौंका बानेश्वरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक शालिनका बुबा दिपेन्द्रका अनुसार उनी सोही विद्यालयद्वारा सञ्चालित होस्टेलमा बस्थिन् । गत फागुन १२ गते उनी सोही होस्टेलमा झुण्डिएको अवस्थामा भटिएकी थिईन् । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको मृतक शालिनका बुबा दिपेन्द्र बताउँछन् ।

नेविसंघले शालिनको बलात्कारपछि हत्या भएको परिस्थिति अत्यन्त खेदजनक रहेको बताएको छ । साथै, यस घटनालाई निर्मला पन्त हत्याकाण्डजस्तै बनाउन खोजिएको भन्दै नेविसंघले खबरदारी गरेको छ ।

साथै, नेविसंघले प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ केन्द्रीय सदस्य बासुदेव न्याउपाने (कैलाली), विवेक लामिछाने (भक्तपुर) पुजा फुयाल (सोलुखुम्बु), भक्तपुर बहुमुखी क्याम्पस स्वबियु सदस्य सुदिप ढुङ्गाना (तनहुँ), र नेपाल बिद्यार्थी संघका नेताहरु भक्तपुर जिल्ला सह–सचिव मोहन कालाथोकी, नेविसंघ संघ पोखरा विश्वबिद्धालय अन्तर्गत कलेजका इकाई अध्यक्ष सन्तोष आचार्य (जुम्ला), विद्यार्थी नेता मोहम्मद अल्ताफ नेपाली (रौतहट) को विनाशर्त तत्काल रिहाइको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्