Logo

उपनिर्वाचन नजिकिएसँगै झलनाथले बढाए सक्रियता, प्रचण्डलाई पनि भेटे



काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न नेता खनाल आज (शनिबार) विहान बालुवाटार पुगेका हुन् । आजको भेटमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच समसामयिक राजनीति, सत्ता गठबन्धन र आगामी उपनिर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

साथै, नेता खनालले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे पनि चासो राखेको बताइएको छ । सहमतिमै सत्तारुढ गठबन्धन दलबाट राष्ट्रिय सभाको अध्यक्ष बनाउने पहल गर्न नेता खनालले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बताइएको छ ।

साथै, नेता खनालले इलाम–२ मा हुने आसन्न उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने मनशाय राखेको समेत बनाइएको छ ।

नेता खनाल गत निर्वाचनमा इलाम–१ बाट नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतसँग पराजीत भएका थिए । नेता खनाल उपनिर्वाचनमार्फत संसद् छिर्ने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्