Logo

राष्ट्रियसभाको अध्यक्ष माओवादीबाटै हुने झक्कु सुवेदीको दाबी (भिडिओसहित)



काठमाडौं, १९ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य झक्कु प्रसाद सुवेदीले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीबाट राष्ट्रियसभामा रहेको सदस्य हुने दाबी गरेका छन् । उनले गठबन्धनमा भएको नाताले आफ्नो दलको उम्मेद्वारलाई नेपाली कांग्रेसले पनि समर्थन गर्ने विश्वास दिलाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने–‘राष्ट्रियसभाको अध्यक्षमा हाम्रो माओवादी केन्द्रको सदस्य हुन्छ । राष्ट्रियसभाको अध्यक्षको लागि अहिलेसम्म सहमति भएको छैन् ।’ उनले आफूलाई अध्यक्षको लागि अहिलेसम्म कसैले केही नभनेको जिकिर गरे ।

उनले राष्ट्रियसभाको अध्यक्ष पद कुनैपनि हालतमा आफूहरुले नछोड्ने दाबी गरे । पार्टीको स्थायी कमिटी बैठकले समेत राष्ट्रियसभा अध्यक्ष नछोड्ने निर्णय भएकोले आफूहरुले सोहीअनुसार तयारीमा लागेको सुवेदीको भनाई छ । उनले माओवादीको तर्फबाट अहिलेको सत्ता गठबन्धन नटुट्ने जिकिर गरे । उनले कांग्रेसले महासमितिको बैठकमार्फत बेमौसमको बाजा बजाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्