Logo

शालिन मृत्यु प्रकरणको गहन अनुसन्धान गर्न कांग्रेसको माग



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया शालिन पोखरेलको मृत्यु प्रकरणको गहन छानविन गर्न माग गरेको छ । गत फागुन १२ गते स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा शालिन फेला परेकी थिईन् ।

मृतक शालिनका बुबा दिपेन्द्रले उक्त घटना बलात्कारपछिको हत्या भएको दाबी गर्दै आएका छन् । उनले उक्त घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कानुन बमोजिमको हैदसम्म कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ । नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ,’– कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले शालिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्