Logo

प्रहरीले भन्यो, ‘शालिन मृत्यु प्रकरणमा वस्तुनिष्ठ अनुसन्धान भइरहेको छ’



काठमाडौं, १९ फागुन । प्रहरीले शालिन पोखरेलको मृत्यु प्रकरण सम्बन्धनमा गम्भीर रुपमा अनुसन्धान भइरहेको बताएका छ । आज (शनिबार) विज्ञप्ति जारी गर्दै चितवन प्रहरीले उक्त प्रकरणमा गम्भीर अनुसन्धान भइरहेको र अनुसन्धान प्रभावित हुनेगरी कुनै पनि सामाग्री सम्प्रेषित नगरिदिन अनुृरोध गरेको छ ।

रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलद्वारा सञ्चालित होस्टेलमा भुण्डिएको अवस्थामा शालिनको शव फेला परेको थियो । उक्त घटनालाई आत्महत्या भनिएपनि शालिनका बुबा दिपेन्द्रले बालात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । शालिनको शव अहिले काठमाडौंस्थिति त्रिवि शिक्षण अस्पतालमा छ । न्याय पाउने सुनिश्चित नभइ शव जिम्मा नलिन शालिनका बुबा दिपेन्द्रको अडान छ ।

प्रहरीले उक्त घटनापछि सो विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेल वार्डेनलाई पक्राउ गरेको थियो ।

‘मिति २०८०/ ११/१२ गते बिहान १०:३० बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं। १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनरत बर्ष १४ की छात्रा सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरु सहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुना साथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरु सम्पन्न गरी हाल सो घटनाको गम्भिर रुपमा थप अनुसन्धान कार्य भई रहेको छ ।

बालबालिकाको मृत्यु जस्तो संवेदनशिल विषयलाई अत्यन्त गम्भिर्यताका साथ लिई प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेशागत मुल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भई रहेको र बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वाससमेत दिलाउँदछौ। साथै, प्रस्तुत घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई बिभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरुमा संप्रेषित विषय बस्तु प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । अनुसन्धानका बैज्ञानिक परीक्षण प्रतिवेदनहरु हाल सम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय बस्तुहरु संप्रेषण नगरी दिन हुन अनुरोध गरिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्