काठमाडौं, २० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताईएको छ ।
सो भेटमा सभापति लामिछानेले दुग्ध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराएका थिए । यसको अलावा शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा पनि दुई नेताबीच कुराकानी भएको जनाईएको छ ।